
काेराेना संक्रमित भएका थप एक पुरुषकाे मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट बिहिबार फेरि एक जना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको हाे। उक्त सुचना पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति निकालेकाे छ । मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।







