
ब्राजिली सङ्घीय अदालतका एक न्यायधीशले राष्ट्रपति जायर बोल्सेनारोलाई बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन निर्देशन दिएका छन् । पछिल्लो साता ब्राजिली अदालत र कँग्रेसको विरोध प्रदर्शन भइरहेको भिडमा राष्ट्रपति बोल्सेनारो मास्कबिना नै देखा परेका थिए । न्यायाधीश रेनाटो कोल्हो बोरेल्लीले राष्ट्रपति स्वयंको सुरक्षाको लागि पनि मास्क अनिवार्य रहेकोले बाहिर निस्किँदा मास्क अनिवार्य हुन जाने आदेशमा उल्लेख छ ।
ब्राजिली कानुनबमोजिम महामारीको बेला मास्क नलगाएको अवस्थामा ३९० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन्छ । बोल्सेनारो बाहिर निस्किँदा अधिकांश समय मास्क लगाए पनि पछिल्लो साता मास्क नलगाएको तस्बिर बाहिर आएपछि अदालतले यस प्रकारको निर्देशन दिएको हो ।






