
काठमाडौं, नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई मंगलबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको हो ।
बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित पक्राउ परेका हुन् ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।






