
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलविरुद्ध आर्सनल ३-० गोल अन्तरले विजयी भएको छ ।
सोमबार राति भएको खेलमा आर्सनललाई सहज जीत दिलाउन पिएरे एम्रिक औबामियाङले दुई र बुकायो साकाले एक गोल गरेका थिए ।
औबामियाङ र साकाले सबै गोल दोस्रो हाफमा गरेका हुन् । यो जीतसँगै आर्सनल तालिकाका दशौँ स्थानमा उक्लिएको छ ।
न्युकासल भने १९ अंकका साथ तालिकाको १५ औँ स्थानमा छ । १८ खेल खेलेको म्यानचेष्टर युनाइटेड ३७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एजेन्सी







