
काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले डिजिटल माध्यमलाई प्राथमिकता दिने भएको छ । ५६ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बैंकले नीजि बैंकहरुसँग प्रतिस्पर्धामा उत्र्रिन बैंकले डिजिटल माध्यमलाई प्राथमिकता दिने जनाएको हो ।
देश विदेशमा रहेका नेपालीमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा बैंक रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताएकी छन् ।
पछिल्लो समय बैंकले गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउने राष्ट्रिय वाणिज्य बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।







