
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या हालसम्म ९ हजार ५६१ जना पुगेकाे छ । जसमध्ये ८९४ महिला र ८ हजार ६६७ जना पुरुष संक्रमितहरु छन् । आज मात्र ५३५ जना नयाँ संक्रमित थपिएको छ । पुरुष ४६१ र महिला ७४ जना साेमबार थपिएको हाे ।
काेराेना संक्रमित भएर उपचार पछि डिस्चार्ज हुनेकाे संख्या २ हजार १४२ जना पुगेकाे जसमध्ये साेमबार मात्र ३७० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा .जागेश्वर र गाैतमले जानाकारि गराएका छन् । हालसम्म नेपालकाे ७७ जिल्ला मध्ये ७६ जिल्लामा संक्रमित भेटिसकेकाे छ । साेम बार कसैकाे पनि मृत्यु भएको छैन । हिजाे अाइतबार सम्म मृत्यु हुनेकाे संख्या २३ रहेकाे छ ।क्वारेन्टाइनमा रहनेकाे संख्या हालसम्म ९० हजा ७३० जना रहेका छन् ।






