
काठमाडौं, लिभरपुलले एस्टन भिल्लालाई पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको छ ।
कोरोना संक्रमणका कारण युवा खेलाडीलाई मौका दिएको एस्टन भिल्लालाई लिभरपुलले चार एक गोलको अन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि साडियो मानेको दुई, जर्जिन्हो र मोहम्मद सलाहले एक–एक गोल गरे । एस्टन भिल्लाका लोइ बारीले सान्त्वना एक गोल गरे ।
खेलमा क्रिष्टल प्यालेसलाई एक शुन्यले पराजित गरेको उल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ । खेलको निर्णायक गोल एडम ट्राओरले गरे ।एजेन्सी






