
काठमाडौं, नेपाली बजारमा बिहीवार सुनको मुल्य घटेको छ । आज सुन प्रतितोला १३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार ९५ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ रहेकोे छ ।
यस्तै चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि एक हजार २४० रुपैयाँमा कारोबार हुने चाँदीलाई आज एक हजार २३० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।







