
वासिङ्टन, हिंसासम्बन्धी स्टाटसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका नीति विपरित गएकाले फेसबुकले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ । नीति विपरीत गएकाले २४ घण्टासम्म पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ ।
योसँगै यता ट्विटरले पनि सोसल टसाइट ट्विटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ । चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको हो ।
ट्विटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति विपरीत रहेका छन् ।’
ट्विटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ । ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्विटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ ।
राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने अहिके राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।एजेन्सी






