
काठमाडौं, विश्वभर कोरोना संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार चार जना संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बुधबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ ।
हालसम्म विश्वभर आठ करोड ६८ लाख तीन हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कूल संक्रमितमध्ये ६ करोड १५ लाख २० हजार जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड ३४ लाख आठ हजार २३४ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ६८ हजार ५८४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४६१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९७ हजार ७७७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५० हजार १५१ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।एजेन्सी






