
इलाम, इलाममा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । देउमाई नगरपालिका ८ आमबोटेका ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादकै क्रममा मंगलबार बिहान साढे ५ बजे २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । उनले श्रीमतीलाई घाँटीमा खुकुरीले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको छ भने शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।






