
काठमाडौं, भारतको रुससँगको सम्झौता अघि बढेपछि अमेरिका रुष्ट भएको छ । अमेरिकी कंग्रेसको एक रिपोर्टमा भारतद्वारा रुससँग एयस डिफेन्स सिस्टम खरिद गर्ने सम्झौतामा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने उल्लेख गरिएको छ ।
अमेरिकी कंग्रेसको स्वतन्त्र सोध शाखा ‘कंग्रेसनल रिसर्च सर्भिस’ ले आफ्नो ताजा रिपोर्टमा भनिएको छ, ‘भारत हतियारको क्षेत्रमा साझेदारी र मिलेर उत्पादन गर्ने योजनमा उत्कसुक देखिन्छ ।’
अमेरिकाले भारतको रक्षा नीतिमा केही सुधारको अपेक्षा राखेको बताइएको छ । साथै भारत आफ्नो रक्षा क्षेत्रमा विदेश नीतिलाई लिएर लचीलो रवैया अपनाउन आग्रह पनि गरेको छ ।
रिपोर्टमा रसियासँगको सम्झौताका कारण अमेरिका र भारतको सम्बन्धमा दरार पैदा हुनसक्ने चेतावनी पनि दिइएको छ । ‘काउन्टिङ अमेरिकाज एडवरसरीज थ्रू सेक्सन्स एक्ट’ अर्थात प्रतिबन्धद्वारा मुकावला गर्नेका लागि सम्बन्धित भारतमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
सीआरएसको रिपोर्ट अमेरिकाको आधिकारिक रिपोर्ट भने मानिँदैन । यो स्वतन्त्र विशेषज्ञद्वारा सांसदका लागि तयार पारिन्छ । ताकि सबै सम्झेपछि मात्रै संसद्ले निर्णय लिन सकोस । तर पनि रिपोर्टमा भारत–रुस सम्झौतालाई लिएर दिएको चेतावनी एक गम्भीर विषय भने हुनसक्ने भारतीय अधिकारीहरुले बताएका छन् ।एजेन्सी






