
काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको भएको छ । आज सुनको मूल्य प्रतितोला तोलामा ११ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ । तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







