
नयाँदिल्ली, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनामा सुशान्तको परिवारदेखि मीडियासम्मको निशानामा परेकि रिया चक्रवर्ती पुनः फिल्म उद्योगमा फर्कने तरखरमा छिन् ।
“२०२० रियाका लागि अत्यन्त डर लाग्दो सावित भएको थियो । तर, हाल भने उनी डरबाट बाहिरिने अवस्थामा छिन् । उनी यसै वर्षको सुरुवातमा पुनः फिल्म उद्योगमा फर्कनेछिन्,” साथी रुमी जेफरीले बताइन् ।
एक मध्यम वर्गीय परिवारकी महिला एक महिनासम्म जेलमा बिताउदा मानसिक रुपमा पीडित भएको रुमीले बताइन् ।
“उनी हाल कम बोल्न थालेकि छन् । चुपचाप बस्छिन् । रिया मजबुत युवती हुन् । यस्तोमा पनि मजबुतीका साथ फिर्ता हुन लागेकि छन्,” रुमीले बताइन् । एजेन्सी







