
काठमाडौं, अष्ट्रेलियामा जारी बिग बास टि–ट्वान्टी लिग क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध एक विकेट लिएका छन् ।
लेग स्पिनर सन्दीप लामिछानेको औसत प्रर्दशनमा बिग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको छ । सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका हुन् । सन्दीपले पहिलो खेलमा पनि स्टार्सविरुद्धनै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए ।







