
काठमाडौं, इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडीनेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले उडीनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेनता को जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । त्यस्तै उडीनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।
यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले लगातार १५औ सिजनमा आफ्नो क्यारियरमा क्लब र देशका लागि गरि हरेक सिजनमा कम्तिमा २० गोल गरेका छन् । साथै यस सिजनको सिरि ए मा ११ खेलमा १४ गोल गरेका छन् ।
यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडी रहेको छ । त्यस्तै उडीनेसको भने १४ खेलमा १५ अंक रहेको छ र लिगको १३औ स्थानमा रहेको छ ।एजेन्सी







