
काठमाडौं, बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महाशाखाका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार भने ९४ हजार १०० रुपैयाँमा छापावाला सुनको कारोबार भएको थियो । यसैगरी आज तेजावी सुनलाई प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।
यस्तै, चाँदीको भाउ पनि सामान्य बढेको छ । यसअघि एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३०५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।







