
प्रतिनिधिसभाले राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभामुख अग्नि सापकोटाबाट प्रमाणित गराएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको ‘(दोस्रो संशोधन) विधेयक २०७७’ लाई प्रमाणीकरण गरेकी छन् । विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा( १०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् । योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । विहीबार मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो ।
त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते र राष्ट्रियसभाबाट बिहीबार पारित भएको हाे । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।







