
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो । आइतबार स्थिर रहेको सुन सोमबार भने ७ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार १ सय र तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी १ हजार ३०० रुपैंयाँमा कारोबार भइरहेको छ।







