
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।







