
वासिङ्टन, अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ श्रीलंकाबाट फिर्ता भएको छ । वासिङ्टनमा भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।
एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रम अन्तर्गत यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधारका लागि ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो । तर श्रीलंकाको सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन ।एजेन्सी
एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रम अन्तर्गत यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधारका लागि ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो । तर श्रीलंकाको सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन ।






