
काठमाडौं, लियोनल मेस्सीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । लिगकै अन्य खेलमा भियारियाल रियल बेटिससंग १-१ को बराबरीमा रोकिएको छ ।
क्याम्प नोउमा भएको खेलमा ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो ।
जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा पुगेको छ ।







