
काठमाडौं, भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्दै नयाँ टि–२० बरियतामा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि पुगेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान माथि उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् ।
जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए । चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन् ।
नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेको छ । लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल)पछि कुनै पनि प्रतियोगिता खेलेका छैन ।







