
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर बृहत प्रदर्शन गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा आज बसेको पदाधिकारी बैठकले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गरेको विरोधमा २९ गते सबै जिल्लामा सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको र कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसको निस्कर्ष छ ।
कांग्रेसले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको भएकोमा विरोध जनाउँदै कडा कारबाहीको माग समेत गरेको प्रवक्ता शर्माले बताए ।
कांग्रेसले चन्द नेतृत्वको नेकपालाई ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपुर्ण मार्गमा आउन आग्रह समेत गरेको छ । सो बैठकमा चौधौं महाधिवेशनको तयारीका कृयाशिल सदस्य एवं जनसम्पर्क समितिबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।






