
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म जम्मा परिक्ष गर्नेकाे संख्या १ लाख १० हजार ७४४ जना रहेका छन् । जसमध्ये आजमात्र ४ हजार ४१३ जनाले परिक्षण गराएका हुन् । आज मात्र ९० जना निकाे भएर घर गएका छन् ।






