
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बुधवार पुनः बढेको छ । मंगलवार ५०० रुपैयाँले बढेको सुनको मुल्य बुधवार पनि ५०० रुपैयाँले नै वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।
यस्तै आज तेजाबी सुन प्रतितोला रू. ९० हजार ५५० मा कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ५० मा कारोबार भएको थियो ।
यसदिन चाँदी भने प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको छ । मंगलवार चाँदी प्रतितोला रू. एक हजार १५५ मा कारोबार भएको थियो । मंगलवारको तुलनामा आज चाँदी प्रतितोला रू. ३० ले बढेको हो ।







