
काठमाडौं, प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा डच क्लब आयाक्स माथि १-० गोलको जित निकाल्दै एक खेल बाकीँ हुँदै लिभरपुलले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेमला लिभरपुललाई जित दिलाउन क्रुटिस जोनेसले निर्णायक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको लिभरपुलका लागि जोनेसले दोस्रो हाफमा टिमका लागि गोल गरेका हुन् ।
जोेनेसले खेलको ५८ औं मिनेटमा गरेको गोलले टिमलाई जित दिलाउन प्रायाप्त बन्यो । जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ । लिगमा पाँच खेल खेलेको लिरपुललले १२ अंक जोडेको छ ।एजेन्सी







