
काठमाडौं, आज पनि सुनको मुल्यमा गिरावट आएको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ सस्तो हो ।
त्यस्तै चाँदीको मूल्यसमेत उल्लेख्य घटेको छ। सोमबार एकै दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि ११ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।







