
काठमाडौं – काेराेना भाइरस संक्रमितको संख्या मंगलबार मात्र ३२३ जना थपिएका छन् । याे समेत गरि नेपामा काेराेना संक्रमितको संख्या ४ हजार ८५ पुगेकाे छ भने १५ जनाकाे मृत्यु भएको छ । आज मात्र ९६ जना डिस्चार्ज भएका छन् । याे सँगै निकाे भएर घर जानेकाे संख्या ५८४ पुगेकाे छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेकाे संख्या १ लाख ६५ हजार माथि रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङ्मा जानकारी गराएकाे हाे । नेपालमा हाल सम्म लिङ्गका आधारमा संक्रमित हुने महिलाकाे संख्या २५६ रहेका छन भने पुरुषको संख्या ३५०६ रहेकाछन् ।







