
काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुन तोलामा ३ हजार ४०० रुपैयाँले घटेको हो ।
यसदिन छापावाला सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै मंगलबार चाँदीको मुल्यमा पनि ७० रुपैयाँ घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो ।







