
काठमाडौं, नेपाली बजारमा आज हप्ताको पहिलो दिन सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।
आइतबार छापावाल सुन तोलामा ९७ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबार एक हजार रुपैयाँले बढेको सुनको मुल्य तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । बिहीबार सुनको भाउ तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
यस्तै चाँदीको मुल्य पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।







