
काठमाडौं, नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । सुनको मुल्य आज तोलामा १ हजार रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार २ रुपैयाँ रहेको छ भने तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।







