
अबुधाबी, दुबई रंगशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पाँच विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा आएको चेन्नईले चार विकेटको क्षतिमा पूरा ओभर खेल्दै लक्ष्य पूरा गरेको थियो । ब्याटिङ सम्हालेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रनको अर्धशतकिय पारी खेले । उनले चार छक्का र १० चौकाको मद्दतमा सो रन बनाएका थिए।







