
अबुधाबी, युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति अबुधाबी सम्पन्न भएको खेलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ । खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
मुम्बईका लागि सुर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । उनले ४३ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरेर ७९ रन बनाए । त्यस्तौ इशान किशनले २५, क्वेंटन डिककले १८, हार्दिक पाण्डेयले १७, क्रुनाल पाण्डेयले १० रनको योगदान दिए । त्यस्तै सौरभ तिवारीले ५ र कप्तान केरन पोलार्डले अविजित ४ रन बनाए ।
बैंगलोरका बलर मोहमद सिराज र युजवेन्द्र चहलले २(२ विकेट लिए भने क्रिस मोरिसले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।







