
युएईबाट १ सय ६८ जना नेपाली लिएर नेपाल उडेको एयर अरबियाको जहाज काठमाडौं आइपुगेको छ। कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेकाे छ ।
उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार होल्डिङ सेन्टरमा लगिने छ। होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ। हरेक प्रदेशका लागि एक एक जना मन्त्रीलाई समन्वयको जिम्मा पनि दिसकेकाे श्राेतले बताएको छ ।






