
भारतका चर्चित गायिका नेहा कक्करले रोहनप्रित सँग बिहे गरेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्।आफन्त र साथीहरूकाे उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका हुन् ।
यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरूले अक्टोबर २२ मा बिवाह दर्ता गरेका थिए। बिबाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले बिबाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ।








