
काठमाडौं, बुधबार शेयर बजार परिसूचक नेप्से झण्डै १४ अङ्कले बढेको छ । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ नेप्से आज पनि बढेको छ ।
मंगलवार १३ अंकले बढेको नेप्से आज पनि १३ दशमलव ९४ अंकले उकालो लागेको छ । नेप्से १५ सय ९७ दशमलव ७१ विन्दुमा उक्लिएको छ ।
आज भएको कारोबारमा होटल, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूह घटे पनि अरु सबै समूहको सूचक बढेकाले समग्रमा नेप्से पनि बढेको हो ।
आज कारोबार रकम पनि ३६ करोड रुपैयाँ बढेको छ । आज १ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
२० प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा आज लगानीकर्ताको आकर्षण रह्यो । ४ प्रतिशत भन्दा धेरै भाउ बढेको एनआईसी एशिया बैंकको आज २४ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।







