
सिन्धुपाल्चोक चाैतारा – सिन्धुपाल्चोकमा कार्यरत ६ सय१३ स्वास्थ्यकर्मिको कोरोना बिमा गरिएको छ। पुर्ब सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतको निजि सहयोगमा कोरोना बिमा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीको तथ्यांक र ब्यक्तिगत गरि ६ सय १३ जनाको विवरण संकलन गरि आइएमी जनरल बिमा कम्पनीलाई पठाएको हो । ती स्वास्थ्यकर्मीको बुधबार बिमा भएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ। हामिले गरेको बिमा भनेको मृत्यु नभइ कोरोना लागेको पुष्टि हुने बितिकै कोरोना सङ्क्रमितले बिमा बापत १ लाख रकम पाउने गरि बिमा गरिएको कार्यालयले जनाएको । अहिले स्वास्थ्यकर्मीहरु कोरोनाको उपचारमा अग्र भागमा रहेर काम गर्नु पर्ने अबस्थामा छ । तर सरकारले स्वास्थ्यकर्मीको लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराउन नसकेकाे पुर्वमन्त्री बस्नेतले बताएका छन् ।
उनिहरुमा निरासपन छ मानसिक रुपमा समेत डर पैदा भएको यो अबस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र उनीहरुको सम्मान र केहि सहयोग पुग्ने उद्देश्यले स्वास्थ्यकर्मीको बिमा गरिदिएको पुर्ब संचारमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । सरकारले स्वास्थ्यकर्मीहरुको लागि केही सोच्न सकेन, सबै काम झारा टार्ने काम मात्रै भएकोले आफुले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न यो काम गरेको बस्नेतले बताए।
उनले भने यसरी काम गएपछि सरकारले देशभरको स्वास्थ्यकर्मीहरुको लागि काम गरोस भनेर सिन्धुपाल्चोकमा यो बिमा गरिएको बस्नेतले सुनाए। सरकारले आफुलाई यस्तो महामारीको समयमा काम गर्न दिएन सिङ्गो राज्य लाग्यो, स्वास्थ्यकर्मीहरु सेभ छैनन सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्न नसकेको समेत आरोप बस्नेतले लगाएका छन् ।
कोरोनाको महामारी छ, स्वास्थ्यकर्मीहरुमा एउटा त्रासभएको छ अहिले सरकारले बिमाको कुरा ल्याएको राम्रो भयो तर हाम्रो बिमा पुर्ब संचारमन्त्रीले गरिदिनु भएको छ । हामि यसमा खुसि छौ। उहाले गरेको जस्तै अरुले पनि जनतालाइ स्वास्थ्यकर्मिहरुलाई सहयोग गरे राम्रो हुने डाक्टर सदिना देबकोटाको भनाइ छ। उहाले गरेको उदाहरणिय काम हो। सबै बिमा नै गरिदिन पर्छ भन्ने छैन र त्यही काम गरेर बस्न पर्छ भन्ने पनि छैन सबैले आ आफ्नो ठाउँबाट सहयोग गरेको यो अबस्थामा राम्रो हुने देबकोटाले बताइन । हाम्रो बिमा भएको छ जिल्लाभर कार्यरत स्वास्थ्यकर्मीहरु यस सहयोगबाट खुसी भएको उनले बताईन ।







