
काठमाडौँ, इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार भएको खेलमा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे । कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए । पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए । जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए ।एजेन्सी







