
काठमाडौँ, नेपाली बजारमा सोमवार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन आइतबार सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।







