
सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । शुक्रवार युएई र बर्मा मा रहेका नेपाली नेपाल अाउने भएका छन् । युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ । दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ ।
यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ।दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् । युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेकाे छ । यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल ल्याउने बुझिएकाे छ ।







