
भासम्मेलन सार्वजनिक यातायात , सिनेमाहल अादिमाभेला नहुनेगरि लकडाउन खुकुलाे बनाईने काठमाडौँ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो ।
बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला लकडाउन खुकुलो बनाउन तयार भएका छन् । संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि एक अधिकारीले बताए । सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गरिने भएको छ ।






