
काठमाडौं, स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड र बार्सिलाेनाले जारी सिजनमा पहिलो हार बेहोरेको छ । गए राति सम्पन्न भएको खेलमा रियल मड्रिड काडिजसँग १-० ले पराजित भयाे भने बार्सिलाेना गेटाफेसँग १-० ले पराजित भएकाे हाे ।
मड्रिडलाई उसैकाे घरेलु मैदामा पराजित गर्नकाे लागि काडिजको इन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलामा साविक विजेता टिमले गोल गर्न सकेन । यता बार्सिलाेनालाई पराजित गर्काे लागि जाइमे माटाले पाेनाल्टीमार्फत निर्णायक गोल गरे ।
जारी सिजनमा रियल मड्रिड र बार्सिलाेनाकाे याे पहिलो हार हाे ।काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो भने घरेलु मैदानमा १२ खेलयता अपराजित थियो। उसको यो लामो यात्रा अब टुंगिएको छ ।एजेन्सी






