
युएई, युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि मुम्बई इन्डियन्सले जित हासिल छ। शेख जायद रंगशालामा शुक्रबार राति भएको खेलमा मुम्बईले ८ विकेटले जित निकालेको हो ।
टस जितेर कोलकत्ताले पहिलो ब्याटिङ रोजेको थियो। उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनायो। जवाफमा मुम्बईले १४९ रनको लक्ष्य २ विकेट गुमाउँदै १६.५ ओभरमै भेट्टायो ।
मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ७८ रन बनाए। उनले ४४ बलमा ३ छक्का र ९ चौका हिर्काए । त्यस्तै कप्तान रोहित शर्माले ३५ रन जोडे भने हार्दिक पान्ड्याले २१ रन बनाए ।
कोलकत्ताका लागि वरुण चक्रवर्ती र शिवम माविले १/१ विकेट लिए ।






