
व्यवसायीहरुले आजदेखि लकडाउनलाई थप अबज्ञा गर्ने घोषणा गरेका छन् ।पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अबज्ञा गर्दै आइरहेका व्यवसायीहरुले आजदेखि भने ठूलो मात्रामा बजार पसलहरु खोल्ने बताएका छन् । उनले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको दाबी गरेका छ्न् ।
राज्यसंग भुडभेडसमेत हुन सक्ने बताउदै उनले तयारीका साथ व्यवसायी आफ्नो पेशामा फर्कने बताए । उनले भने ‘देशभरी मुडभेड हुन सक्छ , व्यवसायीले पनि तयारी गरेका छन् जवाफ दिन हामी तयार छौँ नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान समेत गरेका छन्।
जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको छ। त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल समेत गरेका थिए ।







