
विश्वकै शक्तिशाली देश अमेरिका यतिबेला काेराेनाले नराम्ररी थलिएकाे छ । संक्रमित हुनेकाे संख्या मात्र १९ लाख बढि पुगिसकेको छ भने १ लाख ९ हजारकाे बढिकाे मृत्यु भैसकेको छ ।
अझै अमेरिकामा संक्रमित बढ्ने र मृत्यु संख्या पनि बढ्न सक्ने तथ्यांकले देखाएको छ । गुगल म्याप काेराेना लाइभ अपडेटका अनुसार विश्वभर साढे ६५ लाख काेराेना संक्रमित हुदा अमेरिकामा मात्रै १९ लाख संक्रमित भैसकेका छन् । विश्वभर ३ लाख ९० हजर लगभगकाे मृत्यु हुदा अमेरिकामा मात्र १ लाख ९ हजार बढिकाे ज्यान गैसकेकाे छ ।हालसम्म काेराेना भाइरसले सबैभन्दा धेरै मानवीय क्षति अमेरिकालाई पुर्याएकाे छ ।






