
मकवानपुर, हेटौंडाका थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ का ६६ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।






