
काठमाडौं, जारी इन्डियन प्रीमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो हार ब्यहोरेको छ । आइतबार सम्पन्न भएको खेलमा मुम्बई इण्डियन्सले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।
१६३ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर अन्तिम ओभरमा लक्ष्य प्राप्त गर्यो। मुम्बईको जितमा क्वान्टन डिकक र सूर्यकुमार यादवले अर्धशतक बनाए। डिक र यादव दुबैले ५३-५३ रन बनाएका थिए।
यसअघि दिल्लीले शिखर धवनको अर्धशतकको मद्दतमा १६२ रन बनाएको थियो ।






