
काठमाडौँ, शुक्रबार शारजाहको मैदानमा भएको इन्डियन प्रीमियर लिग (आईपीएल) खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै शानदार जित हासिल गरेको छ ।
दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९।३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो ।
राजस्थान रोयल्सले १८५ रनको लक्ष्यलाई पछ्याउन सुरु गर्यो । तेस्रो ओभरमा आर अश्विनको बलमा ओपनर जोस बटलर शिखर धवनले क्याच आउट गरे। उनले दुई चौका बलमा प्रहार गरेर १३ रन बनाए ।
राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक ३८ रन बनाएका थिए भने यजश्यी जसिवलले ३४ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २४ रन बनाए भने जस बटलरले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।







