
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदि १५ रुपैयाँले बढेको छ । आज नौ सयले बढेर ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार तेजावी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।







